जब्दी घाट पुल निर्माणको ठेक्का एमआर एन्ड ग्रुपले पायो, लागत ६७ करोड ४५ लाख रुपैयाँभन्दा बढी

जब्दी घाट पुल निर्माणको ठेक्का एमआर एन्ड ग्रुपले पायो, लागत ६७ करोड ४५ लाख रुपैयाँभन्दा बढी

बर्दिया असोज ३०—  परिवर्तनको आवाज

बर्दियाको जब्दीघाट पुल निर्माणका लागि एमआर एन्ड ग्रुप, भरतपुर–३, चितवनले ठेक्का पाएको छ। सडक विभाग, सडक डिभिजन कार्यालय नेपालगन्जले प्रकाशित गरेको सूचनाअनुसार उक्त कम्पनीको बोलपत्र स्वीकृतिका लागि छनोट भएको हो।

सडक डिभिजन नेपालगन्जले प्रकाशित गरेको सूचनामा बोलपत्र आह्वान नम्बर TNN08/082/83 अन्तर्गत प्राविधिक प्रस्तावमा सफल, आर्थिक प्रस्तावमा औसत अंकको सबैभन्दा नजिक तथा लागत अनुमानभन्दा सारभूत रूपमा बढी नभएको बोलपत्रका रूपमा एमआर एन्ड ग्रुपको प्रस्ताव छनोट गरिएको छ।

उक्त निर्माण कार्यका लागि कबोल रकम ६७ करोड ४५ लाख ६९ हजार १५० रुपैयाँ (मूल्य अभिवृद्धि कर र पिएससहित) रहेको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (२) बमोजिम बोलपत्र स्वीकृतिका लागि सूचना प्रकाशित गरिएको हो।

प्राप्त जानकारीअनुसार दशैँपछि निर्माण कम्पनीसँग सम्झौता हुने अपेक्षा गरिएको छ। पुल निर्माण प्रक्रिया अघि बढ्ने भएपछि बर्दियावासीमा आशा र उत्साह थपिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
छुटाउनु भयो कि ?
लोकप्रिय
भर्खरै प्रकाशित