बर्दियामा ब्राउन सुगरसहित पाँच जना पक्राउ

बर्दियामा ब्राउन सुगरसहित पाँच जना पक्राउ

बर्दिया, असोज २७ (परिवर्तनको आवाज) — बर्दियामा लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानबाट शनिबार र आइतबार गरी दुई दिनमा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार शनिबार गुलरिया नगरपालिका–११ गणेशपुरबाट १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगरसहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का २३ वर्षीय कर्ण मर्स्याङ्दी मगर पक्राउ परेका छन्। त्यस्तै, गुलरिया नगरपालिका–६ स्थित निलो पेट्रोल पम्पनजिकबाट ५७० मिलिग्राम ब्राउन सुगरसहित २५ वर्षीय दिनेश चौधरी पक्राउ परेका छन्।

आइतबार गुलरिया नगरपालिका–११ गणेशपुरबाट ५६० मिलिग्राम लागूऔषधसहित बाँसगढी नगरपालिका–८ का १८ वर्षीय कृउसबहादुर थापा र २१ वर्षीय सन्देश रानामगर पक्राउ परेका छन्। यस्तै, बाँसगढी नगरपालिका–६ को दमौलीबाट ५० मिलिग्राम ब्राउन सुगरसहित २५ वर्षीय दिनेश दुलाल पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका डीएसपी रेशम बोहराका अनुसार ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको छ।

स्रोत: फरक समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
छुटाउनु भयो कि ?
लोकप्रिय
भर्खरै प्रकाशित