प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी जम्मा
काठमाडौं, असोज २८ — परिवर्तनको आवाज।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आजसम्म कोषका विभिन्न खातामा कुल १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ रुपैयाँ रहेको छ।
विपद् प्रभावितलाई राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न क्षेत्रबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी रहेको जनाइएको छ।
स्रोत: फरक समाचार







