प्रहरीले सर्लाहीको रामनगर गाउँपालिका–२ निवासी ३९ वर्षीय चन्दन पण्डितलाई स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुद्र कँडेलले जानकारी दिएका छन्।
पण्डित झोला बोकेर गौरतर्फ आइरहेका बेला शङ्कास्पद गतिविधि देखिएपछि उनलाई रोकेर जाँच गर्दा झोलाबाट १२ लाख ७३ हजार ३ सय रुपैयाँ फेला परेको हो। तीमध्ये उनीसँग ९ लाख २८ हजार ५ सय रुपैयाँ नेपाली र २ लाख १५ हजार रुपैयाँ भारतीय नोट रहेको प्रहरीले जनाएको छ।
पण्डितले रकमको स्रोत खुलाउने कुनै कागजात नदेखाएपछि उनलाई पक्राउ गरिएको हो
प्रहरीले पण्डित चढेको बीआर ०३ जे ९५४३ नम्बरको भारतीय मोटरसाइकल पनि बरामद गरेको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ
केही दिनयता सिम क्षेत्रमा हुन्डी कारोबार फस्टाउँदै गएको जनाइएको छ। भारतबाट हुन्डी रकम बोकेर नेपाल प्रवेश गर्नेहरू क्रमशः पक्राउ पर्न थालेका छन्। कान्तिपुर बाट साभार







