बर्दियामा बारबर्दियाले सबैभन्दा बढी, गेरुवाले सबैभन्दा कम बजेट पाउने
पारस बनिया। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराइने अन्तर–सरकारी वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बर्दिया जिल्लाका ८ स्थानीय तहमध्ये बारबर्दिया नगरपालिकाले सबैभन्दा बढी र गेरुवा गाउँपालिकाले सबैभन्दा कम बजेट प्राप्त गर्ने भएका छन्।
वित्तीय हस्तान्तरणको कुल रकम (समानीकरण, सशर्त, विशेष र समपूरक अनुदानसमेत) अनुसार बारबर्दिया नगरपालिकाले ६३ करोड ३९ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ। यो बर्दियाका सबै स्थानीय तहमध्ये सबैभन्दा ठूलो हिस्सा हो।
यता गेरुवा गाउँपालिकाले ३५ करोड २५ लाख रुपैयाँ प्राप्त गर्नेछ, जुन जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा कम हो।
बर्दियाका स्थानीय तहले प्राप्त गर्ने कुल बजेट
स्थानीय तह कुल बजेट (करोड रुपैयाँ)
बारबर्दिया नगरपालिका ६३.३९
गुलरिया नगरपालिका ५५.९२
ठाकुरबाबा नगरपालिका ५४.५३
बाँसगढी नगरपालिका ५०.२५
राजापुर नगरपालिका ४९.५७
बढैयाताल गाउँपालिका ४९.०४
मधुवन नगरपालिका ४३.५४
गेरुवा गाउँपालिका ३५.२५
सरकारले सार्वजनिक गरेको वित्तीय हस्तान्तरणको विवरणअनुसार बर्दियामा नगरपालिकाहरूले गाउँपालिकाको तुलनामा तुलनात्मक रूपमा बढी बजेट प्राप्त गरेका छन्। जिल्लाभित्र बारबर्दिया नगरपालिका बजेट प्राप्तिमा पहिलो स्थानमा रहँदा गेरुवा गाउँपालिका अन्तिम स्थानमा परेको छ।
उक्त बजेट स्थानीय तहले शिक्षा, स्वास्थ्य, सडक, खा
नेपानी तथा अन्य विकास निर्माणका कार्यक्रम सञ्चालन गर्न उपयोग गर्नेछन्।






