Advertisements
Single Page - 1 (Long)

नेकपा १३ औ केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै : भोलि (जेठ २० गते) पत्रकार सम्मेलन

FB_IMG_1654147893099
२०७९जेष्ठ १९ गते बिहिवार

बर्दिया समाचार                                                    बर्दिया  । नेपाल कम्युनिस्ट पार्टीले हालै सम्पन्न १३औं केन्द्रीय समिति बैठकको निर्णय सार्बजनिक गर्न भोलि जेठ २० गते शुक्रबार, दिउँसो १ बजे काठमाडौँस्थित साँस्कृतिक प्रतिष्ठान ( राष्ट्रिय नाचघर ) जमलमा पत्रकार सम्मेलन आयोजना गरेको छ । यस बिषयमा एक बिज्ञप्ति जारी गर्दै सो पार्टीका प्रवक्ता प्रकाण्डले भनेका छन –                                                                                                “हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीको हालै सम्पन्न १३ औँ केन्द्रीय समितिको १३ पूर्ण वैठकका ऐतिहासिक एंव महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न निम्न मिति,स्थान र समयमा पत्रकार सम्मेलनको आयोजना गरिएको हुँदा यहाँको लोकप्रिय सञ्चार माध्यमबाट प्रशारण/प्रकाशनका लागि उपस्थित भई दिनु हुन विनम्र अनुरोध गर्दछौँ ।
धन्यवाद।
पत्रकार सम्मेलन
मिति :२०७९/२/२० गते शुक्रबार
स्थान: साँस्कृतिक प्रतिस्ठान ( राष्ट्रिय नाचघर ) जमल,काठमाण्डौँ ।
समय :दिउँसो १ बजे “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
छुटाउनु भयो कि ?
लोकप्रिय
भर्खरै प्रकाशित
Copyright © All rights reserved | Managed by Kotahi Training Center | MoreNews by AF themes.