प्रधानमन्त्री वालेन्द्र शाहद्वारा एनपीएलको तेस्रो सिजन उद्घाटन
काठमाडौं, कात्तिक ९ — परिवर्तनको आवाज
प्रधानमन्त्री वालेन्द्र शाहले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गर्नुभएको छ। उहाँले उद्घाटन गरेसँगै आजदेखि प्रतियोगिता औपचारिक रूपमा सुरु भएको हो।
तेस्रो संस्करणको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
नेपाली क्रिकेटको विकास, खेलाडीको प्रतिभा पहिचान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्रिकेट पहिचान स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको एनपीएलले नेपाली क्रिकेटको व्यावसायिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगिताले नेपाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने र युवामा क्रिकेटप्रतिको आकर्षण बढाउने विश्वास गरिएको छ।
प्रधानमन्त्री शाहले आज बिहानै एनपीएलको तेस्रो सिजनका लागि शुभकामना व्यक्त गर्नुभएको थियो। प्रतियोगिता सुरु भएसँगै क्रिकेटप्रेमी दर्शकमा उत्साह थपिएको छ।
परिवर्तनको आवाज — स्वच्छ र निष्पक्ष समाचार






